पूर्वराष्ट्रपति डा. रामवरण यादव पुगे डा. केसी भेट्न, अझै पुगेन सरकार


पूर्वराष्ट्रपति डा. रामवरण यादव पुगे डा. केसी भेट्न, अझै पुगेन सरकार

काठमान्डौ | पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर भेटेका छन् ।

विश्व अहिंसा दिवसको अवसर पारेर पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रहमा बसेका डाक्टर केसीलाई भेट्नुका साथै डा. केसीको माग चाडो भन्दा चाडो सम्भोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

'डाक्टर केसीले आमजनताका माग उठाउनुभएको छ । वार्ताबाट सरकारले समाधान खोज्नुपर्छ,’ यादवले भनेका छन् । उनले भने, 'उहाँजस्तो कमजोर मानिसलाई अनसनमा धेरै दिन राख्नु खतरा हुन्छ। सरकारले माग सम्बोधन गर्नुपर्छ ।'

डाक्टर केसी १९ दिनदेखि अनसनमा छन् । उनले जुम्लाबाट अनसन सुरु गरेका हुन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...