http://bit.ly/bajajdurbartimes

नेपाल चलचित्र संघले पुष १० सिनेमा हल खोल्ने,कुन फिल्म चल्छ ?


नेपाल चलचित्र संघले पुष १० सिनेमा हल खोल्ने,कुन फिल्म चल्छ ?

कोरोनाका कारण ९ महिना ठप्प रहेको फिल्म छायांकन मंगलवारबाट सरकारले खुल्ला गरेको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन गर्न सकिनेछ । तर, लकडाउनभन्दा अगावैदेखि बन्द रहेको सिनेमा हल खोल्ने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन । फिल्म सम्बद्ध संघ-संस्थाले हल खोल्न सरकारलाई आग्रह गरेपनि सुनवाई भएको छैन ।

सरकारले दबाबको भाषा मात्र बुझ्ने निष्कर्षसहित हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले यही पुष १० गते शुक्रवारबाट सिनेमा हल खोल्ने स्वः घोषणा गरेको छ । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने हल व्यवसायीहरुले बताएका छन् । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सिनेमा हल खोल्ने तयारीमा उनीहरु छन् ।

नेपाल चलचित्र संघले सिनेमा हल खोल्ने घोषणा गरेपनि अहिलेसम्म पुष १० गते कुन फिल्म प्रदर्शन गर्ने भन्ने निधो भएको छैन । नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा भन्छन्, ‘तत्काल नयाँ फिल्म प्रदर्शन हुँदैनन् । यसका लागि केही समय लाग्न सक्छ । १५/२० दिन हामी प्रदर्शन भइसकेका हिट फिल्म चलाउँछौं । केही दिनमा फिल्म रिलिजको सेड्युल सार्वजनिक गर्नेछौं ।’

अहिले फिल्म प्रदर्शनका लागि वितरकहरुसँग छलफल भइरहेको उनले बताए । मल्टीप्लेक्सहरुले केही दिनमा फिल्म रिलिजको तालिका सार्वजनिक गर्नसक्ने उनको भनाई छ । १० महिनादेखि घरमा बसेका दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाउन सिनेमा घर खोल्न लागेको शर्मा बताउँछन् । हलमा आउने दर्शकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइने उनले बताए ।

उनी भन्छन्, ‘अहिले हाम्रो ध्यान दर्शकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभुति गराउनु रहेको छ । सिनेमा हललाई डिसइन्फेक्सन गर्ने, सेनिटाइज गर्ने, मास्क अनिवार्य गर्ने, टिकट काउन्टरमा सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा अपनाएर दर्शकलाई फिल्म हेर्ने वातावरण तयार गर्नेछौं । दर्शकलाई जब सुरक्षित महशुस हुन थाल्छ तब नयाँ फिल्म प्रदर्शनका लागि पहल गर्नेछौं ।’

उनले तत्काल नेपाली वितरकले विदेशी फिल्म किनेर ल्याउने अवस्था नभएको पनि बताएका छन् । ‘उनीहरुले कमिसनमा फिल्म चलाउन दिए भने नेपाली वितरकले विदेशी फिल्म ल्याउन सक्छन् । तर, किनेरै ल्याउने वातावरण तत्काल नहुन सक्छ । जब दर्शकलाई सिनेमा हल सुरक्षित रहेको महशुस हुन्छ, त्यसपछि विदेशी फिल्म ल्याउन वितरकलाई पनि सजिलो हुन्छ,’ उनले भने ।

1

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

2

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

3

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

4

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

5

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

6

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन


Share Tweet Send