राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा नदिने भएका छन्।
ऊर्जामन्त्री वर्षमान पुनले पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिने बताएका भएपनि बादल र भट्टले राजीना नदिने भएका हुन्।
सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गर्न लागिएको जानकारी ऊर्जमन्त्री वर्षमान पुनले बताएका थिए।
सरकारमा पूर्व माओवादीका तर्फबाट वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री बिना मगर र ऊर्जामन्त्री पुनले राजीनामा दिने तयारी गरेका छन्। पूर्व एमालेका तर्फबाट कृषिमन्त्री बनेका घनश्याम भुसालले पनि राजीनामा दिने बताइएको छ।