राजधानी भालुवाङ


राजधानी भालुवाङ

हिजो भर्खर हातकाे ४ लाखका हिसाबले ८० लाख मूल्य गरेर ग्राहकलाई जग्गा देखाएर घर आएका दले दाइ आज त्यही ग्राहकलाई जग्गा भिडाउन मालपाेत जाने तयारीमा थिए । काेराेनाकाे मन्दीले ५ महिनासम्म घरमा घिराैँला खाँदाखाँदा वाक्क भएको उनकाे जिब्रो घडेरी बिकेपछि मासु खान पाइने लाेभमा र्याल टप्काउँदै थियाे । बडा मुस्किलले लाहुरे फसेको थियाे । बेलायती आर्मीबाट रिटायर हुन लागेकाे रुकुमेली लाहुरे बुटवलमा बस्ने ताकमा थियाे । त्यही साेझाे मगरलाई दले दाइले तेल लगाएर चाकडी गरी गरी जग्गा किन्न फसाएका थिए ।

कपाल ठड्याएर काेरे । चमेलीकाे तेल लगाएर जुँगामा ताऊ लगाए । दुबईबाट मगाएकाे बास्नादार अत्तर काखीमुनि छिस छिस पारे । झ्यालबाट हात घुसारेर बाेलेराे गाडीकाे चाबी स्टार्ट गरे । "पाेखराका साथीहरूले जग्गाकाे काराेबार गरेरै टक्सन चढेर हिँड्ने भइसके, म भने यही थाेत्राे बाेलेराेमा अल्झिएँ! यसपाली त गाडी फेरेर ४ वटी पाेटिली तरुनी राखेर सररर कुदाइन्छ । लकडाउनले घरमै थुनिएर स्वास्नीकाे काेँपे खाप्चाे हेर्नुपरेकाे छ । थैट जिन्दगी ! तरुनी घुमाइन्छ……… !" " मनमा सपनाकाे लड्डु बटारियाे ।

भित्तातिर नजर पर्याे । टिभी पनि पुरानाे भयाे । भुँडी निस्केकाे टिभी । ऊ जमानामा यस्तै चल्थ्याे, यसपाली फेर्नुपर्ला । निस्किनु अघि राशीफल त हेरेर जाऊँ……… । रिमाेट खाेजे । मध्यदिनमा केकाे राशीफल आउनु ? समाचार आयाे ।
प्रदेश सभाकाे Live देख्नेबित्तिकै मूर्छा परे । ………

मान्य सदस्यहरू ! प्रदेशकाे राजधानी भालुवाङ रहने निर्णय भएको घाेषणा गर्दछु………… !
उफ्…………… फ्!
एकाएक भाउन्न भयाे । हगम् हगम् मुतम् मुतम् भयाे ।

"हे  भगुमान् ! मुख्यमन्त्री निवास हुने ठाउँ भनेर खाली सरकारी जग्गा नजिकै देखाएर बल्लतल्ल ८० लाख फुत्काएर खसी खाने सपना देखेकाे थिएँ, शङ्करेले मासिहाल्याे नि ।
त्याे शङ्कर पाेख्रेललाई पनि बटाैली नबसेर किन भालुवाङ बस्न मन लागेकाे हाेला ?"
"छिः कस्ताे नराम्रो नाम । भालुवाङ । भालु त अड्डातिर पाे पाइन्छ त । त्यस्ताे पनि राजधानी हुन्छ ? न मैदान छ, न चारपाटा मिलेकाे छ, न सेन्टर छ, न केही छ । कुन दिन एमालेलाई भाेट हालिएछ नि भगवान् ! एमालेलाई भाेट हालेकाे याे औँलाे  त काटेर फालाैँ जस्ताे रीस उठेकाे छ । भटभटाउन थाले ।

लाहुरेलाई सम्झे । काइदाकाे मछली जालमा पर्न लागेकाे थियाे, फुत्किने भयाे । तैपनि एकपटक सम्झाउँ………… ।

हेलाे !
हजुर लाहुरे साप ! राजधानी उता भए पनि, मुख्यमन्त्री क्वाटर त बुटवलमै राख्ने कुरा छ ।अघि भर्खर मुख्यमन्त्रीसँग गफ भएको थियाे । के भालुवाङ बस्नु ? तपाईं र म बुटवलमै जम्नुपर्छ भन्नुभएको छ उहाँले । ढुक्क हुनुस्, घडेरी एक नम्बरी छ । मन्त्री निवासकाे आडमा, गजब हुन्छ ।
उताबाट लाहुरे मगरले नराम्ररी झपारेछ क्यारे, बाेली बन्द भयाे  ।
किचेनबाट श्रीमती चिया बाेकेर आइन् । साेधिन् - चिया कता राखिदिउँ ? रीसले भने - "मेराे टाउकाेमा राख् !" हक्की स्वभावकी ठकुर्नी थिइन् श्रीमती । के कम ? ताताे चिया टाउकाेमा खन्याइदिइन् ।
ऐया ! तेरा बाउकाे साँढे ! पाेल्छ भन्ने थाहा पाइनस् ? - उनी बम्के ।

अनि किन टाउकामा राख् भन्छाै त ? - ठकुर्नी तिघ्रा पिटेर अघि सरिन् ।

घरकै राँड उग्र, कसलाई दिनु दाेष ? भन्ने उखान सम्झे । चियाले भिजेको कपडा खाेले । बाेलेराेकाे चाबी बन्द गरे । यता फाेन घुमाए, उता फाेन घुमाए । जग्गा काराेबारीहरूलाई फाेन घुमाए ।
एकजनाले फाेनमा भने - "प्लटिङ गरेको पैसा हिनामिना भाे, ग्राहक भड्के । बँदेलकाे भुटन र भाट ६९ खाने दिन गए अब, टमाटरकाे चट्नीसँग ६० रुपियाँ बाेत्तलकाे लाेकल खाँदै छु ।"
अर्काले भन्याे - "आउनुस्, पिट्टा बाजी राखेर दहलमारा खेलम् । १००० रुपियाँ बाेट फ्लाँस खेल्ने दिन गए । जसले जित्छ उसले अरुलाई पिट्ने ।"

तेस्राेले भन्याे - स्वास्नी किचनमा छ, छाेरासँग बसेर काटुन हेर्दै छु । बारमा गएर तरुनीका तिघ्रा हेर्ने दिन गए हजुर !!"

जताततैबाट तृप्यन्ताम् भन्ने समाचार अायाे । उखुम भयाे । छट्पटी भयाे ।

घर्रा खाेले, हिजोको बाँकी रक्सी रहेछ । दालमाेठकाे सीतन हुने भयाे । बेलुका अबेरसम्म बसेर ताेरीझ्याप हुने गरी रक्सी खाएपछि श्रीमतीले रक्सी उतार्न भनेर उनका मुखमा कागती निचाेरिदिइन् । उनले फेसबुकमा वमिट गरे
यसै त मन मेराे धमिलाे,
धमिलाेमा नमिसाउ अमिलाे ……


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...