काठमाडौं : राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले सोमबार गरेको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर विभिन्न नारा समेत लगाएका छन्।
यो पनि पढ्नुहोस्
- भूतप्रेतहरू सलबलाउन थालेः याेगेश भट्टराई
- लिङ्देनले यस्तो जवाफ फर्काएपछी, "राजावादी, राष्ट्रवादी हैनन्" भन्ने बाबुराम चुपचाप
हातमा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा राजा आऊ, देश बचाऊ,बेरोजगार युवालाई रोजगारी दे दलीय झण्डा छोडेर देशको झण्डा बोकौँजस्ता नारा पनि लगाए। पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजतन्त्रका पक्षमा लगातार प्रदर्शन भइरहेका छन्।