काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् ।
दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ ।
आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ ।
जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ ।
