राष्ट्रिय सम्मानसहित हिउँ चितुवाकाे अन्त्येष्टी


राष्ट्रिय सम्मानसहित हिउँ चितुवाकाे अन्त्येष्टी

विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको  आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार उनकाे अन्त्येष्टि गरिएको हाे ।

उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।

विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पा ‘हिउँ चितुवा’ उपनामले पनि चिनिन्छन् ।

शेर्पाको ५ असोजमा काठमाडौंमा निधन भएकाे थियाे ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...