http://bit.ly/bajajdurbartimes

राष्ट्रपतिद्वारा संसद विघटन


राष्ट्रपतिद्वारा संसद विघटन

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।

राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।

रगरगेश्वरी
कुर्सीमा बसेर खुट्टा हल्लाइसिन्छ, कहिले मर्सिडिज, कहिले हेलिकप्टर मगाइसिन्छ, उहाँलाई मन लागे दर्शन दिइसिन्छ, नत्र भेट गर्न काेठामै बाेलाइसिन्छ, काेठाबाट शाैचालयसम्म पनि हेलिकप्टर लिएरै गइसिन्छ, ठाँट बेग्लै छ, मस्ती बेग्लै छ, एक इसारामा जाे चाह्याे त्याे पाइसिन्छ, जाडाे भयाे भनेर काेठामा राताे कार्पे…

'संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

1

साताको विज्ञानका खबरहरु | NASO weekly बुलेटिन

2

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

3

मुटु हल्लिने खालको आन्दोलन गरौ, मलाई टाउको फुटाउन मन छ: प्रचण्ड (भिडियो)

4

लोक सेवाद्वारा धितोपत्र बोर्डको परिक्षाको संसोधन

5

पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित

6

साहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय


Share Tweet Send