काठमाडौं | चर्चित सञ्चारकर्मी रवि लामिछानेले 'फोर के' टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।
नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका हुन् । गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको हो ।
टेलिभिजनको अध्यक्ष जीबी राई छन् ।