कुर्सीमा बसेर खुट्टा हल्लाइसिन्छ,
कहिले मर्सिडिज, कहिले हेलिकप्टर मगाइसिन्छ,
उहाँलाई मन लागे दर्शन दिइसिन्छ,
नत्र भेट गर्न काेठामै बाेलाइसिन्छ,
काेठाबाट शाैचालयसम्म पनि हेलिकप्टर लिएरै गइसिन्छ,
ठाँट बेग्लै छ, मस्ती बेग्लै छ,
एक इसारामा जाे चाह्याे त्याे पाइसिन्छ,
जाडाे भयाे भनेर काेठामा राताे कार्पेट बिछाउन लगाइसिन्छ,
जनता हाे ! "राष्ट्रपति" भनेर झुक्कियाैला,
उहाँ मेरी सानी छाेरी हाेइसिन्छ !!
उहाँकै काेठामा पुगेपछि, छेउमा बसिसिन्छ,
याे के गर्ने भनेर साेधनी हुँदैन, गर भने गरिसिन्छ !
कहिले लेखिसिन्छ, कहिले हेरिसिन्छ,
याे मिलेन भनेर भन्याे, ल्वात्त मेट्सिन्छ,
कहिले साेचेर लेख्सिन्छ, कहिले नसाेची,
कहिले घाेचेर लेख्सिन्छ, कहिले नघाेची,
न लेखेँ भन्ने पीर, न मेटेँ भन्ने पीर,
लेखे खीर, मेटे मटर-पनीर !
जसाे गरे नि खान पाइने, कस्तो गजब तक्दिर !
मतलब,
लेख्स्याे भने लेख्सिन्छ, मेट्स्याे भने मेट्सिन्छ !
जनता हाे ! राष्ट्रपतिकाे अध्यादेश भनेर झुक्कियाैला,
मेरी सानी छाेरी हाेमवर्क गर्दै हाेइसिन्छ !
घरि लडिसिन्छ, घरि मिलिसिन्छ,
कहिले लुकामारी, कहिले झगडा गरिसिन्छ,
कहिले बाेकाबाेक, कहिले घुँडा ठाेकाठाेक !!
सँधै केही न केही चटक हामीले देखिन्छ,
कहिले देखभेटै हुँदैन, कहिले अँगालो हाल्दै हिँडिसिन्छ,
कहिले भनाभन, कहिले सँगै खानपान,
कहिले मुखैले, कहिले हर्कतकाे हानाहान,
उत्तिखेरै अँगालो, उत्तिखेरै खुट्टा तानातान गरिसिन्छ,
नेपाली हाे ! नेकपाका अध्यक्षद्वय भनेर झुक्कियाैला,
यी उग्र उग्र मेरा २ भाइ छाेरा हाेइसिन्छ !!
चिरन्जीवी ढकालका अन्य रचना पढ्नुहोस्







