durbar-times

पुर्वराजाको घुमाउरो सन्देश,पोखे यस्तो आक्रोश


पुर्वराजाको घुमाउरो सन्देश,पोखे यस्तो आक्रोश

काठमाडौं | राजा ज्ञानेन्द्र शाहाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै प्रजातन्त्र आएको ७० वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको जनाएका छन्।

७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्देशमा पूर्वराजाले निशेध र विभेदको राजनीति शुरु भएको आरोप लगाएका छन् ।

‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निशेष र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’ संवाद सचिब डा. फणि पाठकद्वारा जारी पूर्वराजाको सन्देशमा भनिएको छ ।

उनले प्रजातन्त्रको सिद्धान्त अनुरुप मुलुकमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् । उनले सबैले मातृभूमिको पवित्र माटो छातिमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएकोसमेत सन्देशमा उल्लेख गरेका छन् ।

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै बिषयमा बिबाद, द्धन्द्ध र बहस भइरहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न ।’

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send