काठमाण्डौं | महानायक राजेश हमाल पछिल्लो समय ‘सत्यम्’को काममा व्यस्त छन्।
हमाल झण्डै ४ वर्षपछि दर्शकमाझ फिल्म ‘सत्यम्’मार्फत आउन लागेका हुन्। अहिले उनि ‘सत्यम्’को स्क्रिप्टमा व्यस्त छन्।
यो फिल्ममा अभिनेता अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ । फिल्ममा अनुप भिलेन चरित्रमा देखिँदैछन् ।
हमाल सामाजिक सञ्जालमा पनि सक्रिय छन् । उनि आफ्नो फोटोहरु सेयर गरिराख्छन् । हालै उनले ‘सत्यम्’को स्क्रिप्टमा काम गरिरहेको तस्वीर सेयर गरेका छन्।