durbar-times

रजनीकान्तलाई 'दादा साहेब फाल्के' अवार्ड


रजनीकान्तलाई 'दादा साहेब फाल्के' अवार्ड

मुम्बई । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ दिइने भएको छ ।

केन्द्रीय मन्त्री प्रकाश जावडेकरले एक प्रेस मिटमा उक्त अवार्डको घोषणा गरेका हुन् ।
मन्त्री जावडेकरले प्रेम मिटमा भने ‘हामीलाई खुसी लागेको छ । देशको सबै भागका फिल्मकर्मी, निर्माता, निर्देशक, गायक, संगीकार सबैलाई समय समयमा ‘दादा साहेब फाल्के अवार्ड’ मिलेको छ । अहिले यो बर्षको अवार्ड महानायक रजनीकान्तलाई घोषणा गर्दा मलाई धेरै खुसी लागेको छ ।’

पत्रकार सम्बेलनमा मन्त्री जावडेकरले रजनीकान्तले विगत पाँच दशकदेखि फिल्मको संसारमा राज गरेको समेत बताएका छन् ।

अवार्डको निर्णायकमा आशा भोंसले, मोहनलाल, विश्वजीत चटर्जी, शंकर महादेवन र सुभाष घई रहेका थिए । उनीहरुले सर्वसम्मतिमा रजनीकान्तको नाम सिफारिश गरेका हुन् ।
अभिनेता रजनीकान्तले एकसेएक फिलम अभिनय गरेका छन् । दरबार, २.०, द रोबोट, त्यागी, चालबाज, अन्धा कानुन, कबाली,  खुनका कर्ज, दोस्ती दुस्मनीलगायत थुप्रै हिट फिल्म रहेका छन् ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send