Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

स्याङ्जाली भाषिकामा राजनीति


स्याङ्जाली भाषिकामा राजनीति

नेपाली - केपी ओलीले संसद भङ्ग गरेर मध्यावधि चुनाव घाेषणा गरे !
स्याङ्जाली - पर्धानमन्तिरि खड्क ओलीले संसत् भङ्ङ पारेर मध्यान्नी चुनाप् घाेसणा अरे ।

नेपाली - माधव नेपालकाे प्रधानमन्त्री बन्ने रहर पूरा भएन ।
स्याङ्जाली - माधप्नेपाल पर्धानमन्तिरी बन्न पाम्चु भनेर उचालिन्ते, हस्स परे ।

नेपाली - आफूमाथि अविश्वासको प्रस्ताव आएपछि संसद भङ्ग गर्नुपरेकाे दाबी ।
स्याङ्जाली - तैंले अर्न सउतैनस् भनेर खनिएसी लउ खाओ बडाबडा गास् भनेर संसद् भङ्ङ पारेओ कुराे आओ ।

नेपाली - प्रचण्डलाई धुँदा धुँदा डाेभ साबुन सकिएको तर उनी नबदलिएकाे भन्ने ओलीकाे अभिव्यक्ति ।
स्याङ्जाली - पर्चन्नलाई न्वाम्दा न्वाम्दै भएभरका साबुन भ्याइएकाे तर उन्का जिउकाे पाँच्पाथी मइल्काे लुँडाे पखालिएर ठनक्क मरे सुकिलाे नभकाे भनेर ओलीले बात्मारे ।

नेपाली - प्रधानमन्त्रीद्वारा अख्तियार अनुसन्धान आयाेगकाे प्रमुखमा प्रेम राई नियुक्त ।
स्याङ्जाली - पर्धानमन्तिरीले अउथियार अनुसन्नान आयाेगाँ पर्मुख भअर जाइर खा भनेर पिरिम राईलाई पठाए ।

नेपाली - धरहरा ओलीले बनाएका हाेइनन्, लेबरले बनाएका हुन् - झलनाथ खनाल ।
स्याङ्जाली - धररा कस्का माटाओ ओलीले बनाम्नीओ ? कामर्नी मुन्छेले बनाकाउन् - झल्नाथ खँदाल ।

नेपाली - कम्युनिस्ट पाटीभित्र मतभेद भएपछि चाइनाकी राजदूतकाे सक्रियता बढ्याे ।
स्याङ्जाली - कम्निस्टेहेरू आँफाफै हानाहान अर्नथाले भनेसि, कता कुटाकुट अरेर माेर्नीहुन् भन्नी पिरले चइनाकी राद्दुत घरि एस्काँ घरी उस्काँ चक्कराइछन् ।

नेपाली - रामचन्द्र पाैडेलकाे प्रधानमन्त्री हुने चाहना पूरा हुन्छ कि ?
स्याङ्जा - राम्चन्र पउडेल्काे पर्धानमन्तिरी हुन्चु र बडाबडा भाउ खान्चु भन्नी रहर पुउनीभओ त ?

1

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

2

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना

3

पर्यटकको आकर्षण बन्दै छहरा झरना

4

संसद पुनर्स्थापनापछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै,संसद आह्वानको सिफारिस गर्ने सम्भावना

5

पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन: नारायणकाजी श्रेष्ठ

6

इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण


Share Tweet Send