http://bit.ly/bajajdurbartimes

बलिउड अभिनेत्री रकुल प्रितलाई कोरोना संक्रमण


बलिउड अभिनेत्री रकुल प्रितलाई कोरोना संक्रमण

एजेन्सी | बलिउड अभिनेत्री रकुल प्रित सिंहलाई कोरोना संक्रमण भएको छ । चलचित्र ‘मेडे’ को छायांकनमा रहेकी रकुलको कोरोना रिर्पोट पोजेटिभ आएको हो ।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “म सबैलाई जानकारी दिन चाहन्छु, मेरो कोरोना परीक्षण पोजेटिभ आएको छ । म अहिले क्वारिन्टिनमा छु । म स्वस्थ छु र राम्रोसँग आराम गर्ने छु ताकि म चाँडै छायांकनमा फर्किन सकुँ । मलाई भेट्ने सबैलाई आफ्नो पनि परीक्षण गराउन हुन अनुरोध गर्दछु । धन्यवाद र सुरक्षित रहनुहोस् ।”

अभिनेता अजय देवगनको महत्वकांक्षी निर्देशकीय चलचित्र ‘मेडे’मा रकुल अजय र अमिताभ बच्चनसँग काम गर्दैछिन् ।

रकुलअघि कोरोना भाइरसको चपेटामा अभिनेत्री कृति सेनन, नीतू कपुर, वरुण धवन, मलाइका अरोरा, अमिताभ बच्चनलगायत कलाकार पनि परिसकेका छन् ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send