काठमाडौं | राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हुतिहारा भनेका छन् । प्रधानमन्त्री ओलीले संसद फेस गर्न नसकेपछि असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका छन्।
बहसका क्रममा विडारीले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएको छैन, ओली संसद फेस गर्न नसकेपछि भाग्ने हुतिहारा प्रधानमन्त्री हुन्।’
बिडारीले प्रधानमन्त्री ओलीलाई हुतिहारा भनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई अपशब्द प्रयोग नगर्न सुझाएका थिए। प्रधानन्यायाधीशले विडारीलाई रोक्न खोज्दै भनेका थिए, ‘वरिष्ठ ज्यू यति अपबब्द त प्रयोग नगरौँ न…।’
विडारीले संविधानको मस्यौदा देखि निर्माणको सबै प्रक्रियामा आफूले भाग लिएको बताउँदै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिने गरी कहीँ कतै छलफल समेत नभएको बताए।