काठमाडौं | नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई मात्रै होइन विश्व समुदायलाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेको आरोप लगाएका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमार्फत सो कुरा भनेका हुन् । उनले लेखेका छन् ,'न त नेकपा सत्ता छोडेर पार्टी बिभाजन गर्छ न त काङ्ग्रेसनै नेकपा र ओलीको सती जान तयार छ, यो भ्रमबाट मुक्त हुनुपर्छ । ओलीले नेपाली जनतालाई मात्रै होइन विश्व समुदायलाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेका छन् । कोही कुनै लालिपपमा नफसौं ।'
न त नेकपा सत्ता छोडेर पार्टी बिभाजन गर्छ न त काङ्ग्रेसनै नेकपा ओलिको सती जान तयार छ,
— Ramhari Khatiwada (@RamhariKhatiwa) November 23, 2020
यो भ्रमबाट मुक्त हुनुपर्छ ।
ओलिले नेपाली जनतालाई मात्रै होईन बिश्व समुदाय लाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेका छ्न।
कोहि कुनै लालिपपमा नफसौ।
अहिले सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किँदै गएको छ ।
शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । सो भेटमा ओलीले देउवालाई सत्ता साझेदारका लागि अनुरोध गरे पछि अहिले नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । यसै सन्दर्भमा नेता खतिवडाले यस्तो टिप्पणी गरेका हुन् । उनीसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री अर्जुन नरसिंह केसी लगायतले पनि ओलीको प्रस्तावको लोभमा कांग्रेस फस्न नहुने बताएका थिए ।
यो पनि: बालुवाटारमा देउवासँग लामो भलाकुसारी : के थियो ओलीको प्रस्ताव ?
यो पनि: कांग्रेसको टाउको नगन्न प्रवक्ता शर्माको चेतावनी, ५ वर्ष सरकारमा नजाने स्पष्टोक्ति
यो पनि: अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई लगाएका आरोपहरुको सडक र सदनबाट जवाफ मागिने छ: नेता थापा