durbar-times

रामोश रियल म्याड्रिड छोडेर जाँदै !


रामोश रियल म्याड्रिड छोडेर जाँदै !

एजेन्सी | सर्जियो रामोश रियल म्याड्रिड छाडेर प्रिमियर लिगमा आउन तयार रहेको बेलायती पत्रिका मिररले दाबी गरेको छ । स्पेनिस महारथीसँगको करार नविकरणसम्बन्धी वार्ता असफल भएपछि रामोश आगामी जुलाइमा ‘फ्रि ट्रान्सफर’ का लागि उपलब्ध हुने पत्रिकाले जनाएको छ ।

अहिले रामोश स्पेनबाहिरको क्लबसँग कुरा गरेर पूर्वकरार सहमती गर्नका लागि तयारी गरिरहेको र उनको एजेन्ट रेने रामोशले प्रिमियर लिगलाई लक्ष्य बनाएको बताइएको छ, विशेष गरेर म्यान्चेस्टर युनाइटेडलाई ।

स्पेनका डिफेन्डरलाई पेरिस सेन्ट जर्मेन र एसियाबाट अफर आए पनि उनको परिवार त्यहाँ जान तयार नरहेको कारण उनले सो प्रस्तावलाई अस्वीकार गरेको बताइन्छ ।

तर, प्रिमियर लिगमा पनि थोरै मात्र क्लबहरु रहेका छन् जो उनको तलबको मागलाई पुरा गर्न सक्छन् । ३४ वर्षीय रामोशले हाल हप्तामा २ लाख पाउन्डभन्दा बढी आम्दानी गर्छन् । रियलले त्यसमा १० प्रतिशत कम गर्न आग्रह गरेपछि उनले सो प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।

स्रोतलाई उद्धृत गर्दै पत्रिकाले रामोश म्यान्चेस्टर सिटी र लिभरपुल जान हाल कठिन रहेको बताए पनि कुनै क्लबको सम्भावनालाई नकार्न नसकिने बताएको छ । त्यस्तै, पूर्व म्यानेजर कार्लो एन्चेलोटी रहेको क्लब एभर्टन पनि रामोशलाई भित्र्याउन इच्छुक रहेको बताइन्छ ।

रामोशले ५ ला लिगा तथा चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् भने एक विश्वकप र दुई युरो कप पनि उनको पोल्टामा रहेको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send