durbar-times

रामोसले लिभरपुलविरुद्धको खेल गुमाउने


रामोसले लिभरपुलविरुद्धको खेल गुमाउने

एजेन्सी | स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटका कारण रामोसले इन्ग्लिश क्लब लिभरपुलविरुद्धको क्वाटरफाइनलको दुबै लेग गुमाउने भएका हुन् । ३५ वर्षीय डिफेन्डर रामोसले विश्वकप छनौटको दौरान चोट बोकेका हुन् । उनले पीडुलाको चोट बोकेको बताईएको छ ।

विश्वकपको युरोपियन छनौट अन्तर्गत कोसोभोविरुद्धको खेलमा रामोसले चोट बोकेका हुन् । उक्त खेलमा स्पेनले ३-१ को जित निकालेको थियो ।

रियलले लिभरपुलसँग क्वाटरफाइनलको पहिलो लेग अप्रिल ६ मा आफ्नै मैदानमा खेल्नेछ । यस्तै अप्रिल १४ मा दोस्रो लेग खेल उसैको मैदानमा खेल्नेछ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send