भाइटीकामा रानीपोखरीको बालगोपालेश्वर मन्दिर १२ घण्टा खुल्ने


भाइटीकामा रानीपोखरीको बालगोपालेश्वर मन्दिर १२ घण्टा खुल्ने

काठमान्डौ | काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो । यस वर्ष आगामी मङ्सिर १ गते सोमबार भाइटीका परेको छ ।

स्विमिङ पुल बनेको विकराल स्वप्नबाट व्युझिँदै रानी पोखरी (फोटो फिचर)
५ वर्षपछी बिच-बिचमा झन्डै झन्डै स्विमिङ पुल बनिसकेको रानी पोखरी, पुन:निर्माणको लग भग अन्तिम चरणमा पुगेको छ । लगभग ३ करोड लिटर पानी भरे पछीको रानी पोखरी अहिले कस्तो देखिन्छ त ! दरबार टाईम्सको फोटो फिचरमा हेर्नुहोस् स्विमिङ पुल बनेको विकराल स्वप्नबाट व्युझिँदै रानी पोखरी १० तस्विरमा (तस्विरमा क्लिक …

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । भाइटीकाकै लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र  सुरक्षा व्यवस्था पनि गरिएको कामपा वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र हाइस्कुल पुनः निर्मणको उद्घाटन गरिँदै
काठमान्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दै छिन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ । मल्लकालीन शै…

मन्दिर पुरानै शैली (ग्रन्थकूट÷शिखर) मा पुनःनिर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेका थिए । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा यो पोखरी बनाए । पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० अर्थात् विसं १७२७ अर्थात् इसं १६७०० मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

यस वर्षको तिहारमा खुल्छ रानीपोखरी
पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपो…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...