http://bit.ly/bajajdurbartimes

बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ


बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ

मोरङ | बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएका उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले आफन्तको घरमा बसेकी ती युवतीलाई मल छर्ने काममा सघाइदिन भन्दै फकाएर लगेको र एक्लै भएको मौकामा नहरछेउमा लगेर बलात्कार गरेको युवतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवास छन् ।

प्रहरीका अनुसार २०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले ती युवतीलाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले सुरेशलाई मंसिर १९ गते नै रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गाउँमै पीडित पक्षलाई उक्त रकम दिने प्रलोभनमा पारी मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send