भिटेनलाई कारबाही गर्न प्रहरीले प्रकृया अघि बढायो


भिटेनलाई कारबाही गर्न प्रहरीले प्रकृया अघि बढायो

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।

यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।

एक वर्षअघि पनि र्‍यापका विषयमा उनी विवादमा परेका थिए।  प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो।

आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतले बताए।

‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ कडायतले भने।

‘लव होस्टल’ शाहरुख खानको नयाँ फ्लिम
एजेन्सी | शाहरुख खानको रेड चिलीज एन्टरटेनमेन्ट र दृश्यम फिल्मसले लव होस्टल नामको फिल्मको घोषणा गरेको छ । फिल्मलाई शंकर रमनले निर्देशन गर्दैछन् । फिल्मको लिड रोलमा सान्या मल्होत्रा, विक्रान्त मैसी र बाबी देओल अनुबन्धित भएका छन् । प्रभासको फिल्म ‘आदिपुरुष’मा अजयको इन्ट्रीले बजार ततायोसुपरस्टार प्रभास…

साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भइसकेको बतायो।

‘चिठी आइसकेको छ, त्यो भिडिओ कुन अवस्थामा कसरी खिचिएको वा सार्वजनिक गरिएको हो, को-को संलग्न छन्, हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौं,’ ब्युरो प्रमुख एसएसपी नवीन्द अर्यालले सेतोपाटीसँग भने।

केही दिनअघि सार्वजनिक भएको भिटेनको उक्त भिडिओ अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…
किन केही महिलाहरुले कोविड-१९ विरामीलाई प्लाज्मा दान गर्नमिल्दैन
कोविड-१९ को संक्रमणबाट निको भएका व्यक्तिहरुमा संक्रमणसँग लड्ने समयमा रगतमा कनभ्यालेसेन्ट प्लाज्मा नामक एन्टीबडी बोकेको तरल पदार्थ निर्माण हुनेगर्छ। भाईरल इन्फेक्सनबाट ग्रस्त व्यक्तिहरुको उपचारमा यस्को प्रयोग हुन्छ जस्लाई प्लाज्मा थेरापी भनिन्छ। प्राय: कोविड जितेका व्यक्तिले प्लाज्मा दान गर्ने गरेको…
५८ प्रतिशत महिला अनलाइन उत्पीडनकाे शिकार
दुनियाँमा साइबर क्राइम बढ्दै गैरहेकाे छ । अनलाइन ठगी तथा ब्ल्याकमेलका घटनाहरू प्रत्येकदिन हामीमाझ आइरहन्छन् । नेपालजस्ताे मुलुकमा महिला हिंसा तथा ब्ल्याकमेलका घटनाहरूलाई महिलाकाे इज्जतसँग जाेडेर हेर्ने गरेका कारण प्रत्येक महिनाजसाे महिलाहरूले आफ्नाे ज्यान गुमाइरहेका हुन्छन् । हालसालै गरिएकाे एक अन…

स्रोत


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...