काठमाडौं | राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन स्थगित गर्ने सिफारिस राष्ट्रपतिलाई गर्ने निर्णय गरेको छ।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदकाे आकश्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रियसभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद प्रकाश पन्थका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट पत्र आउने तयारीबारे बैठकमा जानकारी दिएको बताए । पन्थका अनुसार पत्र आए पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभा अधिवेशन आजै अन्त्य हुने छ ।