durbar-times

दूरी कायम गरी बौद्ध–जोरपाटी क्षेत्रमा चामुण्डा रथयात्रा सम्पन्न


दूरी कायम गरी बौद्ध–जोरपाटी क्षेत्रमा चामुण्डा रथयात्रा सम्पन्न

चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको छ ।

चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा श्री रक्तविनायक, श्री महाँकाल भैरव र श्री चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा छ । रथयात्रा जोरपाटी र बौद्ध क्षेत्रमा दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर सांस्कृतिक परम्परालाई निरन्तरता दिइएको छ ।

यसअघि मङ्गलबार बिहान कोष, वडा कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धको बैठकले सुरक्षितरूपमा चामुण्डा रथयात्रा चलाउने निर्णय गरेको थियो । रथयात्रामा प्रहरी र स्वयंसेवक यथेष्टमात्रामा खटाइएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मङ्गलबार राति नै जात्रा सम्पन्न गरिएको हो । वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा भौतिक दूरी कायम गरेर भक्तजनले दर्शन गरेका छन् ।रासस

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send