स्पेनिस लालिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियलले ग्रानाडामाथि २-० को जित हात पारेको छ ।
रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि क्यासेमिरोले दोस्रो हाफको ५७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको थप समयमा करिम बेन्जिमाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ग्रानाडाले खेलमा कुनै गोल गर्न नसक्दा रियलले जित हात पारेको हो।
जित संगै रियलले शीर्ष स्थानमा रहेको एथलेटिको संग अंक बराबरी गरेको छ । १५ खेलमा ३२ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ भने ग्रानाडा १४ खेलमा २१ अंक सहित अंक तालिकाको साथौँ स्थानमा छ।