ला लिगामा गएराती भएको खेलमा रियल र एथलेटिकोले जित हात पारेका छन् ।
सेभियाको घरेलु मैदानमा भएको खेलमा रियलले जित हात पार्न सफल भएको छ । खेलको ५५ औ मिनेटमा भएको आत्मघाती गोलमा रियलले जित हासिल पारेको हो । सेभिया संग १-० को जित निकाल्दै रियलले ३ अंक हात पार्न सफल भएको हो। रियलका लागि भिनीसियास जुनियरले प्रहार गरेको बल गोल रक्ष्यक यासिन बोउनाउलाई ठोकिएर गोलमा परिवर्तन भएको थियो। जित संगै रियल ११ खेलमा २० अंक सहित तेस्रो स्थानमा छ भने सेभिया १० खेलमा १६ अंक सहित छैटौ स्थानमा छ ।
भने गए रातिनै भएको अर्को खेलमा एथलेटिकोले भाल्लाडोलिडलाई हराउदै आफ्नो अपराजित यात्रा कायम राखेको छ। खेलको ५६ औ मिनेटमा त्रिपियेरको पासमा लेमारले गोल गर्दै एथलेटिकोलाई अग्रता दिएका थीए भने खेलको ७२ औ मिनेटमा लोरेन्तेले गोल गर्दै अग्रता दोब्बर बनाएको हो। जितसंगै एथलेटिको १० खेलमा २६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ भने भाल्लाडोलिड १२ खेलमा १० अंक सहित पुछारबाट दोस्रो स्थानमा छ।
यो पनि : घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल