http://bit.ly/bajajdurbartimes

२० वर्षपछि रियल मड्रिड घरेलु मैदानमा अलाभेजसँग पराजित


२० वर्षपछि रियल मड्रिड घरेलु मैदानमा अलाभेजसँग पराजित

रियल मड्रिड घरेलु मैदानमै अलाभेजसँग पराजित भएको छ । स्पानिस ला लिगामा अलाभेजलले २० वर्षपछि रियललाई उसैको मैदानमा पराजित गरेको हो । गएराति भएको ला लिगाको खेलमा अलाभेजले रियललाई २-१ ले हरायो ।

रियलको मैदान सानटियागो बर्नाबेउमा भएको खेलको पाँचौ मिनेटमै लुकास पेरेजले पेनाल्टीमा गोल गर्दै अलाभेजलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा जोसेलुले गोल गर्दै अलाभेजको अग्रता दोब्बर पारे ।

रियलका लागि कासेमिरोले ८६औं मिनेटमा गोल फर्काएपनि हार टार्न पर्याप्त भएन । एडेन हाजार्डको चोट रियललाई अर्को चिन्ता बनेको छ । खुट्टाको चोटका कारण हाजार्ड २८औं मिनेटमै मैदान बाहिरिएका थिए ।

हारपछि रियलले तेस्रो स्थानमा उक्लने मौका गुमायो । १० खेलबाट १७ अंक रहेको रियल चौथो स्थानमा छ । ११ खेलबाट १३ अंक जोडेको अलाभेज नवौं स्थानमा उक्लेको छ ।

यो पनि पढ्नुहोस् : बार्सिलोनाले आज ओसासुनासँग खेल्दै

1

विप्लवकाे बन्द, कहाँ के भयाे ?

2

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

3

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

4

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

5

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै

6

जिदानलाइ काेराेना संक्रमण,संकटमा म्याड्रिड


Share Tweet Send