युरोपियन च्याम्पियन्स लिगमा गएराती भएको खेलमा रियल म्याड्रिडले मोन्चेनग्लाडबाक माथी २-० गोल अन्तरले जित हासिल पारेको छ।
घरेलु मैदानमा भएको खेलमा रियलको लागी दुबै गोल फरवार्ड करिम बेन्जीमाले हेड मार्फत गरेका थिए। जित संगै रियल समुह चरणको शीर्ष स्थानमा रहदै अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो हाफको ९ औं मिनेट र ३१ औं मिनेटमा फरवार्ड करिम बेन्जीमाले हेड मार्फत गोल गरेका थिएभने दोस्रो हाफमा कुनै गोल हुन नसक्दा रियलले जित हात पारेको हो । ६ खेलमा १० अंक जोड्दै रियल समुहको बिजेता बनेको छ भने मोन्चेनग्लाडबाक ६ खेलमा ८ अंक सहित समुहको उपविजेता हुदै अन्तिम १६ मा प्रवेश गरेको छ।
हिजोनै भएको इन्टर मिलान र शख्तर् डोनेस्क बीचको खेल बराबरी हुदा दुवै टोलीले एक एक अंक बाँडेका छन् । योसंगै समुह चरणमा तेस्रो र चौथो स्थानमा रहेका दुवै टोलि युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएका छन्।