http://bit.ly/bajajdurbartimes

रियल र आलाभेश भिड्दै


रियल र आलाभेश भिड्दै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज राति डिपोर्टिभो अलभेससँग प्रतिस्पर्धा गर्दैछ ।

रियलले घरेलु मैदानमा अलभेसको सामना गर्नेछ । रियल अलभेसबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा रियल जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

रियल ९ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । अलभेसलाई पराजित गर्न सकेमा रियल शीर्ष तीनमा उक्लनेछ ।

यता, अलभेस पनि रियललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । अलभेस १० खेलमा १० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

फरवार्ड करिम बेन्जेमा र डिफेन्डर ड्यानियल कार्भाहल भने चोटका कारण डिर्पोटिभो एलाभेसविरुद्धको खेलमा पनि मैदान बाहिर रहने भएका छन् । डिफेन्डर कार्भाहलको  दायाँ तिघ्राको समस्याका कारण टोली बाहिर छन् । अघिल्लो साता घुँडाको चोटको कारण मैदान बाहिर रहेका कार्भाहलले अर्काे साता टोलीमा स्थान बनाउने सम्भावना छ ।

टोलीका कप्तान सर्जियो रामोस अन्तर्राष्ट्रिय विश्राममा चोट बोकेका कारण टोली बाहिर छन् । फेडरिको भाल्भेर्डे र अल्भारो ओर्डिजोलाले पनि एलाभेसविरुद्धको खेल गुमाउनेछन् । क्यासमिरो र इडर मिलिटाओ कोरोना संक्रमणमुक्त हुँदै टोलीमा जोडिइसकेका छन् । रियलमा आएर चोटको पर्याय बनेका इडेन हाजार्ड पनि टोलीमा रहेका छन् ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send