च्याम्पियन्स लिगमा समूह 'बि' अन्तर्गत गए राती भएको खेलमा रियल मड्रिडले साख्तारसंग २-० गोल अन्तरले पराजित भएको छ । साख्तारको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले हारको सामना गरेको छ ।
खेलको सुरुवाति हाल्फ गोल बिहिन भएपनि दोस्रो हाल्फ़को ५७ र ८२ औ मिनेटमा गोल गर्दै साख्तारले जित हात पारेको हो। ५७ औ मिनेटमा डेन्तिन्होले गोल गर्दै अग्रता दिए भने ७४ मिनेटमा मैदान प्रवेश गरेका एम. सोलोमनले ८२ औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।
हारसंगै रियल समुह तालिकामा ५ खेल खेल्दै ७ अंक सहित तेस्रो स्थानमा छ भने साख्तार पनि ५ खेल खेल्दै ७ अंक सहित दोस्रो स्थानमा छ । समान अंक भएपनि हेड टु हेडको आधारमा साख्तार दोस्रो स्थानमा उक्लिएको हो। अब समूह चरणको अन्तिम खेलमा रियलले बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्दा शाख्तरले इन्टर मिलानसँग भिड्ने छ । इन्टरलाई जितेको खण्डमा शाख्तर नकआउट चरणमा प्रवेश गर्नेछ ।