लालिगामा गएराती भएको म्याड्रिड डर्बीमा रियलले एथ्लेटिको म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको छ।
रियलको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई पराजितगर्दै एथ्लेटिकोको अपराजित यात्रालाई पूर्णबिराम लगाएको छ । पहिलो हाफको १५ औं मिनेटमा टोनी कुर्सले कर्नरबाट प्रहार गरेको बललाई केसेमिरोले हेड मार्फत गोल गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको ६३ औं मिनेटमा डेनी कार्भाहालले डीबक्स बाहिरबाट प्रहार गरेको बल बिममा ठोकिएर एथ्लेटिकोका कीपरलाई ठोकिदा गोलमा परिणत हुन पुगेको थियो। ६३ औं मिनेटको गोलले अग्रता दोब्बर बनाएपछि भने खेलमा कुनै गोल हुन सकेन ।
जितपछि रियल १२ खेलमा २३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने हार पछि आफ्नो अपराजित यात्रामा पूर्णबिराम लागेको एथ्लेटिको ११ खेमा २६ अंक सहित शीर्षस्थानमा यथावत छ।