च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलअन्तर्गत आज हुने दोस्रो लेगको खेलमा एटलान्टाले रियलको सामना गर्नेछ । रियलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार आज राती १:४५ मा सुरु हुनेछ ।
पहिलो लेगमा मेन्डीको गोलमा १-० को जित हात पारेको रियलले आजको खेलमा बराबरी खेले पनि अन्तिम आठमा प्रवेश गर्नेछ भने एटलान्टालाई अन्तिम आठमा स्थान बनाउन आजको खेलमा शतप्रतिशत जित आवश्यक पर्नेछ ।
इल्चेविरुद्ध १५ मिनेट मात्र मैदान प्रवेश गरेका हाजाड पुनः चोट बोक्दै छ हप्ताका लागी मैदानबाट बाहिरेका छन् । उनी घाइते भएर भर्खरै मात्र पुनरागमन गरेका थिए भने पुनः घाइते हुदै उनले एटलान्टा विरुद्धको खेल गुमाउने पक्का भएको हो । उनले रियल आएसंगै घाइते भएर लगभग ५० भन्दा बढी खेल गुमाई सकेका छन् ।