ला लिगामा आज रियलले इबारको सामना गर्ने, खेल नेपाली समय अनुसार राती १:४५ बजे हुनेछ ।
इबारले आज आफ्नो घरेलु मैदानमा साबिक बिजेता रियलको सामना गर्नेछ । १३ खेलमा २६ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको रियलले आजको खेलमा जित हात पारे दोस्रो स्थानमा उक्लिने छ । त्यस्तै आजको खेलमा इबार रियललाई हराउदै आफुलाई अंक तालिकामा अघि बढाउने सोचमा रियलको सामना गर्नेछ । इबार १३ खेलमा १५ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।
अन्य खेल :
- ग्रानाडा विरुद्ध रियल बेटिस्
- सेल्टा भिगो विरुद्ध आलाभेज
- कार्दिज विरुद्ध गेटाफे