Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

गेटाफेलाई हराउँदै रियल मड्रिड दोस्रो स्थानमा


गेटाफेलाई हराउँदै रियल मड्रिड दोस्रो स्थानमा

स्पेनिस ला लिगामा  गेटाफेमाथि रियल म्याड्रिडले शानदार जित दर्ता गरेकाे छ । रियल म्याड्रिडले २–० गोलअन्तरले जित दर्ता गरेकाे हाे ।रियलले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

घरेलु मैदानमा रियल पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो । खेलकाे ६०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । ६६औं मिनेटमा डिफेन्डर फर्लान्ड मेन्डीले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

यो जितसँगै रियल २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा ५ अंकले पछि छ ।

1

बागमती र प्रदेश १ का यी ठाउँमा आज ८ घण्टासम्म बत्ती जाने

2

माइक्राेबस र माेटरसाइकल ठाेक्किँदा दुइकाे मृत्यु

3

प्रचण्ड माधव नेपाल सत्तापक्ष कि प्रतिपक्ष ?

4

प्रतिनिधिसभा बैठक आज बस्दै

5

विप्लवकाे जनमत संग्रहकाे प्रस्ताव वैद्यद्वारा अस्वीकार

6

आजको राशिफल


Share Tweet Send