स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज साबिक बिजेता रियलले ग्रानाडाको सामना गर्ने । खेल नेपाली समय अनुसार आज राती १२:३० मा सुरुहुने छ ।
रियलको घरेलु मैदानमा हुने आजको खेलमा रियलले जित हात पारे शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्ने मौका छ । १४ खेलमा २९ अंक सहित अंक तालिकाको दोश्रो स्थानमा रहेको रियल आजको खेलमा जित हात पारे एट्लेटिको मड्रिडसँग समान अंक बनाउन सक्छ । घाइते भएर केही समय मैदान बाहिर रहेका हजार्ड मैदान आज ग्रानाडा विरुद्ध उत्रिने छन् । यता ग्रानाडा आजको खेलमा जित हात पार्दै अंक तालिकाको पाचौं स्थानमा उक्लिन चाहन्छ हाल ग्रानाडा १३ खेलमा २१ अंक सहित साथौँ स्थानमा छ ।
रियल र ग्रानाडा बीच भएको ५ खेलमा रियलले सत प्रतिसत जित हात पारेको छ ।
अन्य खेलहरु आज राति २:४५ मा हुनेछ :
- बेटिस विरुद्ध कडिज़
- आलाभेज विरुद्ध इबार