https://ntc.net.np/

रियल म्याड्रिड र लेभान्टे भिड्दै


रियल म्याड्रिड र लेभान्टे भिड्दै

स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र लेभान्टे भिड्दै । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति ९:०० बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै म्याड्रिड शिर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल रियल शिर्ष स्थानमा रहेको शहरी प्रतिद्वन्दी एथ्लेटिको भन्दा ७ अङ्कले पछि छ । रियल १९ खेलमा ४० अङ्क सहित दोस्रो स्थानमा छ । म्याड्रिड लिगको पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।

यता लेभान्टेले भने लिगमा लय समात्ने कोसिस गरिराखेको छ । लेभान्टेले लिगको पछिल्लो ५ खेल मध्य मात्र २ खेलमा जित निकाल्न सकेको छ । हाल लेभान्टे १९ खेलमा २३ अङ्क जोड्दै लिगको १२ औं स्थानमा छ ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send