Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

भरानको दुई गोलमा रियलको पुनरागमन जित


भरानको दुई गोलमा रियलको  पुनरागमन जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा साविक विजेता रियलले हुयस्काविरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो ।

हुयस्काको मैदानमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै रियलले जित निकालेको हो । रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे ।

खेलको ४८औँ मिनेटमा जाभीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको खेलमा भरान चम्किएपछि रियलले उत्कृष्ट पुनरागमन गर्‍यो । ५५औँ मिनेटमा भरानले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । ८४औँ मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसंगै रियल ४३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित हुयस्का १६ अंकसहित तालिकाको पुछारमा छ ।

1

रोनाल्डोको गोलको बाबजुद युभेन्टस बराबरीमा रोकियो

2

प्रचण्डको लिखित जवाफ:सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन्,त्यसैले निवेदन हाल्न लगाउँछन्

3

मेस्सीको गोलमा बार्सिलोनाको जित

4

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगे प्रचण्ड

5

साताको पहिलो दिन घट्यो सुनको मुल्य

6

पिडुँला देखाएर सांसद भएको भन्ने रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल वलीको यस्तो जवाब


Share Tweet Send