durbar-times

रियल र एट्लेटिको बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा


रियल र एट्लेटिको बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा

स्पेनिस लिग लालिगामा गएराति भएको मड्रिड डर्बी खेलमा दुबै टोलि बराबरीमा रोकिएको छ ।

एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा दुवै टोलिले एक एक गोल गरेका थिए । एट्लेटिकोको लागी भने खेलका १५ औं मिनेटमा सुवारेजले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ८७ औं मिनेटमा बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्।

बराबरीपछि एथ्लेटिको दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा ३ तथा तेस्रो स्थानमा रहेको रियलभन्दा ५ अंकले अघि रहेको छ । यदपि, टोलीले एक खेल कम खेलेको छ । दुवै टोलीले बराबरी खेलेसंगै बार्सिलोनाको शिर्ष स्थानमा उक्लिने मौका बढेको छ ।

अन्य खेलमा एथ्लेटिक बिल्बाओले ग्रानाडालाई २–१ ले पराजित गर्यो ।

1

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send