durbar-times

रियलका डिफेन्डर भरानेलाई कोरोना संक्रमण पुष्टि, लिभरपुलविरुद्धको खेल गुमाउने


रियलका डिफेन्डर भरानेलाई कोरोना संक्रमण पुष्टि, लिभरपुलविरुद्धको खेल गुमाउने

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको खेलमा रियल मड्रिड र लिभरपुल भिड्दै छन् । यसैक्रममा रियल मड्रिडका डिफेन्डर भरानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आज हुने खेल गुमाउने भएका छन् ।

रियल मड्रिडका अर्का महत्त्वपूर्ण डिफेन्डर सर्जियो रामोस पनि चोटका कारण लिभरपुलविरुद्धको क्वाटरफाइनलको दुबै लेग गुमाउने भएका हुन् । ३५ वर्षीय डिफेन्डर रामोसले विश्वकप छनौटको दौरान चोट बोकेका हुन् ।

आज रियल मड्रिड लिभरपुलविरुद्ध आफ्ना २ मुख्य डिफेन्डर बिना नै मैदानमा उत्रने छ ।

रियलको घरेलु मैदानमा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send