स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ भने इंग्लिस क्लब लिभरपुल पराजित भएको छ ।
बुधबार राति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको मैदानमा रियललाई जित दिलाउन इडेन हाजार्डले एक गोल गरे । रियलले एक गोल आत्मघाती उपहार पाएको थियो ।
जितसँगै समूह 'बी' को रियलले ४ खेलमा ७ अंक जोडेको छ । रियलको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।
इन्टरले भने ४ खेलमा २ अंक जोडेको छ । इन्टर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा बोरुसिया मुन्छेनग्लाडबाखले शाख्तर डोनेस्कटलाई ४-० ले हराएको छ।मुन्छेनग्लाडबाख ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अर्को खेलमा लिभरपुल इटालियन क्लब एटलान्टासँग २-० ले पराजित भएको हो । लिभरपुल घरेलु मैदान एनफिल्डमै पराजित भएको हो । एटलान्टालाई जित दिलाउन जोसेप इलिचिच र रोबिन गोसेन्सले एक एक गोल गरे ।
घरेलु मैदानमा पराजित लिभरपुलले नकआउट चरणमा पुग्ने मौका गुमाएको छ । शीर्ष स्थानको लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आयाक्सले मिद्त्जील्यान्डलाई ३-१ ले हराएको छ ।
आयाक्स ७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । मिद्त्जील्यान्ड अंक विहीन रहदै पुछारमा रहेको छ ।
यो पनि: साविक विजेता बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा