durbar-times

महिलामाथि अघोषित युद्ध थोपरिएको छ: रेखा थापा


महिलामाथि अघोषित युद्ध थोपरिएको छ: रेखा थापा

नेपाली चलचित्र क्षेत्रकी सफल तथा चर्चित नायिका रेखा थापाले महिलाहरु माथि अघोषित युद्ध थोपरिएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत रेखाले यस्तो बताएकी हुन् ।

आज शुक्रबार शहीद दिवसको अवसर पारेर उनले  महिलामाथि हुने विभिन्न प्रहारको विरुद्ध प्रतिकार गर्नुपर्ने बताएकी छन् । उनले महिलामाथि हुने प्रहारहरुलाई महिलाले नै प्रतिकार गर्नुपर्छ भन्दै अन्याय सहेर बस्ने कि प्रतिकार गर्ने भन्ने महिलामै भरपर्ने धारणा राखेकी छन् ।

रेखाले संसारको सबैभन्दा ठूलो विपत्ति भनेको महिलालाई लक्षित गरेर हुने भौतिक, मानसिक, सामाजिक तथा नैतिक प्रहारहरु रहेको उल्लेख गरेकी छन् ।

उनी यस्तो लेख्छिन्:

‘यो संसारको सबैभन्दा ठूलो विपत्ति भनेको महिलालाई लक्षित गरेर हुने भौतिक, मानसिक, सामाजिक र नैतिक प्रहारहरु हुन् । महिलाहरुमाथि अघोषित युद्ध नै थोपरिएको छ । अब रोजाइ महिलाको हातमा छ ।’
1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send