पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण


पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण

गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो । पोखरीदेखि यज्ञशालासम्म ६८० मिटर र त्योभन्दा माथि पादुकानन्दसम्म ३०० मिटर गरी कुल ९८० मिटर बाटोमा सिँढी निर्माण गरिएको हो ।

पोखरीदेखि यज्ञशालासम्म जाने सिँढीका लागि मात्रै धुर्कोट वस्तु तथा वाग्लुङको गलकोटबाट ७५ लाखको ढुङ्गा ल्याई प्रयोग गरिएको छ । यज्ञशालासम्मको सिँढी १२ फुट चौडा रहेको छ भने तीन लाइनको रेलिङ बनाइएको छ । प्रत्येक रेलिङको लाइनमा तीनवटा पाइप रहेको निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रत्येक सिढीँको उचाइ छ इन्च र चौडाइ १४ इन्च रहेको छ । सिँढी बनाएर बचेको रकमबाट गरुणथानको मन्दिर बनाउन लागिएको छ । सिँढीको दुवैतर्फ नाली बनाइएको छ । अब छिट्टै नालीको दुवैपट्टिको किनारमा दृश्यावलोकन स्तम्भसम्म नै फूल र फलफूलका बिरुवा रोप्ने योजना रहेको भण्डारीले बताए ।

सिँढी निर्माण भएसँगै रेसुङ्गा पुग्ने पर्यटकलाई सहज भएको छ । “पहिले पहिले धेरै हिलो हुने गर्दथ्यो, अहिले त सिँढी बनेपछि चिटिक्क भएछ”, छ वर्षपछि रेसुङ्गा घुम्न पुगेकी धुर्कोटकी कमला पोखरेलले भने, “अब रेसुङ्गासम्म पुग्ने बाटो पनि पिच हुनुपर्छ ।” तीन वर्षअघि गुल्मी उद्योग वाणिज्य सङ्घले १७ लाख ५० हजारको लागतमा सिँढी निर्माण कार्य शुरु गरेको थियो ।

त्यसपछि आर्थिक वर्ष ०७५-७६ सम्म लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयबाट ९५ लाख विनियोजन भयो । गत आवमा पनि ८० लाख विनियोजन भएको थियो । सरकारी लागत अनुमानअनुसार उक्त सिँढीको कुल लागत दुई करोड ५० लाख हो तर उपभोक्ता समितिमार्फत काम गर्दा कुल एक करोड ९२ लाख ५० हजारमा काम सकिएको निर्माण समितिका सचिव वीरेन्द्र भुसालले जानकारी दिए ।

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा
कास्की । पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका…
पर्यटनका सबै क्षेत्र खोल्ने तयारीमा सरकार
सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबि…
विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
बागलुङ | कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कात्तिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन हुने भएको हो। ०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो। यसअघि पुलसँगै रिसो…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...