पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण


पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं | रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष,एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादक ऋषि धमलालाई कोरोना संक्रमण भएको छ ।

कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले बताए । आज रिपोर्ट पोजेटिभ आएको हो । उनी होम–आईसोलेशनमा बसेका छन् । उनले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि आग्रह गरेका छन् । धमलाका अनुसार उनमा कोरोनाको कुनै लक्षण थिएन ।

फसबूकमार्फत धमलाले आफूलाई संक्रमण भएको जानकारी गराएका हुन् । उनले लेखेका छन्,‘आदरणीय सबैमा नमस्कार । कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...