लगातार सर्किट लागिरहेकाे चन्द्रागिरी हिल्सकाे मूल्यमा आज बुधबार पनि सकारात्मक सर्किट लागेकाे छ । काराेबार खुलेकाे केही मिनेटमा नै चन्द्रागिरी हिल्सकाे मूल्य ९.९५ प्रतिशतले बढेर १८९० रूपैँया प्रतिकित्ता पुगेकाे छ ।
हिजाेपनि सर्किट लागेकाे कम्पनीकाे शेयर मूल्य १७१९ पुगेर राेकिएकाे थियाे । थाेरै शेयर धेरै माग र न्यून आपूर्तिका कारण याे कम्पनीकाे मूल्य लगातार बढिरहेकाे छ।
त्यस्तै कालिका पावर लिमिटेडकाे मूल्यमा पनि आज सकारात्मक सर्किट लागेकाे छ ।कम्पनीकाे मूल्य ९.७६ प्रतिशतले बढेर ३१५ रूपैँया प्रतिकित्ता पुगेकाे छ। हिजाे याे कम्पनीकाे मूल्य २८७ रूपैँया पुगेर राेकिएकाे थियाे ।
सर्किट लेबल छाेएर कालिका पावर लिमिटेडकाे मूल्य फर्किएकाे छ । हाल याे कम्पनीकाे शेयर ३०८ रूपैँया प्रतिकित्तामा काराेबार भैरहेकाे छ ।