बुधबार राती भएको खेलमा नेपोलीलाई पराजित गर्दै युभेन्टसले यिटालियन सुपर कपको उपाधी हात पारेको छ ।
युभेन्टसका लागी क्रिस्टियानो रोनाल्डो र मोराटाले एक एक गोल गरेका थिए । खेलको पहिलो हाफ गोल रहित बराबरी भए पनि खेलको दोस्रो हाफको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको अन्तिम समयमा मोराटाले गोल गरे संगै युभेन्टसलाई उपाधी हात पारेको हो ।

उपाधी हात पारे संगै सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो फूटबल इतिहासमा सार्वधिक गोल गर्ने खेलाडी बनेका छन् । नेपोलि विरुद्ध गोल गरेका रोनाल्डोले जोसेफ बिकेनलाई पछि पर्दै सर्बाधिक गोल गर्ने खेलाडी बनेका हुन् । रोनाल्डोले व्यक्तिगत गोलसङ्ख्या ७६० पुर्याएका छन् । रोनाल्डो भन्दा पछाडी जोसेफ बिकेन ७५९ गोल सहित सार्वधिक गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । यस्तै ब्राजिलियन लेजेन्ड पेले(७५७), रोमारियो(७४३) र लियोनल मेस्सी(७१९) क्रमश: तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।