इटालियन लिगमा गएराति भएको खेलमा युभेन्टसले गियोनालाई ३-१ ले पराजित गरेको छ भने एसी मिलान बराबरीमा राकिएको छ।
गियोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले सानदार जित हात पारेको छ। पहिलो हाफमा कुनै गोल हुन नसकेको खेलमा दोस्रो हाफ भने रोमान्चक रह्यो। दोस्रो हाफको ५७ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए भने खेलको ६१ औं मिनेटमा स्तुरारोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ७८ औं मिनेट र ८९ औं मिनेटमा रोनाल्डोले दुबै गोल पेनाल्टी मार्फत गर्दै युभेन्टसलाई जित दिलाएका हुन् ।
जितसंगै युभेन्टस ११ खेलमा २३ अंक सहित तालिकाको चौथो स्थानमा छ भने गियोना ११ खेलमा ६ अंक सहित तालिकामा पुछारबाट दोश्रो स्थानमा छ।
हिजो नै भएको अर्को खेलमा एसी मिलान र पारमाको खेल २-२गोलमा बराबरीमा सकिएको थियो। एसी मिलानको घरेलु मैदानमा भएको खेलमा थीइयो हनान्डजले खेलको ५८ औं र ९० औं मिनेटमा दुई गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पारमाका लागि भने खेलको १३ औं मिनेटमा हेर्नानी र ५६ औं मिनेटमा कुर्टिकले गोल गरेका थिए, पारमाले २ गोल जोगाउँन नसक्दा खेल बराबरीमा सकिएको हो। खेल बराबरी भए संगै ११ खेल खेलको एसी मिलान २७ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने पारमा ११ खेलमा ११ अंक सहित तालिकामा पुछारबाट साथौ स्थानमा छ।
यो पनि :