durbar-times

डिबाला र रोनाल्डोको गोलमा युभेन्टसको जित


डिबाला र रोनाल्डोको गोलमा युभेन्टसको जित

इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । बुधवार राति भएको खेलमा युभेन्टसले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।खेलको ७३ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको इन्जुरी समयमा नापोलीका लोरेन्जोले पेनाल्टीमा एक गोल फर्काएपनि युभेन्टस २-१ ले विजयी भयो ।

जितपछि युभेन्टसले २९ खेलमा ५९ अंक जोडेको छ । युभेन्टस लिगको तेस्रो स्थानमा रहेको छ ।नापोली ५६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send