इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकाल्दा क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएका छन् ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।रोनाल्डोले ह्याट्रिक गरेका थिए । यस ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।
रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ । पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।