एजेन्सी| एरोन रामसे र क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा गोल गरेपछि युभेन्टसले १० खेलाडीमा सिमित सासुलोलाई हराउँदै इटालियन सिरिए एको उपाधि होडमा आफूलाई कायम राखेको छ ।
वेल्सका मिडफिल्डर रामसेले ६ यार्ड टाढाबाट गोल गर्दै युभेलाई अग्रता दिलाए भने स्टपेज टाइममा गोल गर्दै रोनाल्डोले ३–१ का जीत सुनिश्चित गरे । पेड्रो ओबियाङले फेडेरिको किएसामाथि फल हानेपछि सासुलो दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको थियो ।
यसअघि डानिलोले युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, सासुलोका लागि ग्रेगरी ड्रेफेलले बराबरी गोल फर्काएका थिए । युभेको यो लगातार तेस्रो जीत थियो ।
जीतसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस सात अंकले पछि रहेको छ । तर, मिलानभन्दा युभेले एक खेल कम खेलेको छ ।
रोनाल्डोको अर्को कीर्तिमान
रोनाल्डोले खेलमा यो सिजन आफ्नो १५ औँ गोल गरे । यो गोल सँगै ३४ वर्षीय पोर्चुगिज खेलाडी पछिल्ला १५ सिजनमा युरोपको शीर्ष पाँच लिगमा लगातार १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २००६–०७ सिजन यता रोनाल्डोले हरेक सिजन कम्तिमा १५ गोल गर्दै आइरहेका छन् ।
अन्य खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलानले तेस्रो स्थानमा रहेको एएस रोमासँग बराबरी खेल्यो ।
Ronaldo has scored 15+ league goals in 15 consecutive seasons
— Goal (@goal) January 10, 2021
06-07: 1️⃣7️⃣
07-08: 3️⃣1️⃣
08-09: 1️⃣8️⃣
09-10: 2️⃣6️⃣
10-11: 4️⃣0️⃣
11-12: 4️⃣6️⃣
12-13: 3️⃣4️⃣
13-14: 3️⃣1️⃣
14-15: 4️⃣8️⃣
15-16: 3️⃣5️⃣
16-17: 2️⃣5️⃣
17-18: 2️⃣6️⃣
18-19: 2️⃣1️⃣
19-20: 3️⃣1️⃣
20-21: 1️⃣5️⃣ pic.twitter.com/n1fP1D79aD