Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

रोनाल्डोमाथि प्रहरी अनुसन्धान


रोनाल्डोमाथि प्रहरी अनुसन्धान

पोर्चुगल र युभेन्टसका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो समस्यामा पर्न सक्ने बताइएको छ । उनीविरुद्ध कोरोना नियम उल्लंघन गरेको आरोप लागेको छ ।

कोरोनाको समयमा उनी २ दिन रेस्टा पहाडमा छुट्टि मनाउन गएका थिए । अहिले प्रहरीले यस आरोपविरुद्ध जाँच गरिरहेको छ ।

इटालियन क्लव युभेन्टसबाट रोनाल्डो आफ्नो पार्टनर जर्जिना रोड्रिग्ससँग छुट्टी मनाउन मंगलवार र बुधवार नर्थ वेस्ट इटालीको वालले डि आस्टा क्षेत्रमा छुट्टि मनाउन गएका थिए ।

उनीहरुको भिडियो सोसल मिडियामा अहिले भाइरल भइरहेको छ ।

इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति नदिइरहेको बेला युभेन्टसका पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डोले सरकारी प्रोटोकल तोडेका छन् ।

प्रेमिका जर्जिनाको २७औँ जन्मोत्सव भव्य रूपमा मनाउन रोनाल्डो सपरिवार इटालीकै अति नै महँगो भाले डी आओस्टा स्की रिसोर्टमा पुगेको समाचार संस्था डेलो स्पोरट्समा उल्लेख छ । युभेन्टसले खेल समाप्तिको दुई दिनसम्म आफ्ना खेलाडीलाई होटेलबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्थामा रोनाल्डोले सरकारी पोर्टकल तोडेको बताएको छ ।

गत साता मात्र विश्व फुटबलमा सर्वाधिक ७ सय ६० गोलको विश्वकीर्तिमान स्थापित गरेका रोनाल्डोले एकैपटक दुई नियम तोडेका कारण नै प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अघि बढाइएको डेलो स्पोट्स पत्रिकाले जनाएको छ ।

समाचारमा जनाइए अनुसार सामाजिक सञ्जालमा रोनाल्डो र उनकी प्रेमिकाबीचको फोटो सेयर भएपछि मात्र नियम तोडिएको थाहा पाइएको थियो । त्यसपछि मात्र रोनाल्डोमाथि अनुसन्धान अघि बढाइएको हो । वेएन स्पोर्टस् पत्रिकाले रोनाल्डो कारबाहीमा परे कम्तीमा उनले नियमअनुसार ४ सय पाउन्ड जरिवाना तिनुपर्ने हुन्छ ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send